सोलु हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन

Jan 13, 2026 06:13 PM MeroLagani



सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गरेको पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ ।

कम्पनीले ८२ लाख कित्ता शेयरका लागि आवेदन माग गरेकोमा पहिलो दिन नै ७ लाख ३८ हजार २ सय ७७ जना आवेदकले ९१ लाख ८१ हजार २० कित्ता शेयरको लागि आवेदन दिएका छन् । पहिलो दिन नै आईपीओमा माग भन्दा १.११९ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको शेयरमा आगामी शुक्रबारसम्म आवेदन दिन सकिन्छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।