Fri, Mar 13, 2026
आज पुस महिनाको अन्तिम दिन अर्थात बुधबार काठमाडौं उपत्यकामा सवैभन्दा बढी चिसो भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्रीमा झरेको हो ।
आज बिहान पौने ९ मा काठमाडौंको न्यूनतम तापक्रम २.३ मा झरेको हो । महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।