सिद्धार्थ केबलकारको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

Jan 14, 2026 02:00 PM Merolagani



सिद्धार्थ केबलकारको तेह्रौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। उक्त सभाले आईपीओ जारी गर्ने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको कम्पनीले जनाएको छ।

कम्पनीको परियोजना रहेको स्थान नुवाकोटगढी वीर नेपालीले अंग्रेजलाई परास्त गरेको ठाउँ हो। साथै सोही स्थानमा भगवान गौतमबुद्धको कुलगुरुको प्राचीन आश्रम रहेको विभिन्न बौद्ध धर्मग्रन्थमा उल्लेख छ। बुटवलस्थित सो कम्पनीले गत आर्थिक वर्षमा ८ करोड सञ्चालन मुनाफा आर्जन गरेको थियो भने आगामी वर्ष उच्च मुनाफा गर्ने आंकलन गरेको छ।

कम्पनीमा बुटवलका स्थानीय उद्यमी ई. राजेन्द्र सिंह गुरुङ अध्यक्ष र प्रबन्ध सञ्चालकमा व्यवसायी प्रभुलाल अधिकारी रहेका छन्। कम्पनीको मुख्य लगानीकर्तामा प्रभु केबलकार एन्ड टुरिजम, प्रभु ग्रुप, बुटवल क्षेत्रका व्यवसायी, उच्च राजनीतिक नेतृत्वलगायत स्थानीयको लगानी छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।