आयोगको निर्णय प्रकृयागत रुपमा त्रुटीपूर्ण छः पूर्णबहादुर खड्का

Jan 16, 2026 08:52 PM merolagani



शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको बताएका छन् ।

 आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आयोगले गरेको निर्णय नमान्ने र बैधानिक कानुनी लडाइ लड्ने बताए ,

‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’

निर्वाचन आयोगले आधिकारिक कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा उनले असन्तुष्टि जनाए ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।