आयोगको निर्णय प्रकृयागत रुपमा त्रुटीपूर्ण छः पूर्णबहादुर खड्का

Jan 16, 2026 08:52 PM merolagani



शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको बताएका छन् ।

 आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आयोगले गरेको निर्णय नमान्ने र बैधानिक कानुनी लडाइ लड्ने बताए ,

‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’

निर्वाचन आयोगले आधिकारिक कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा उनले असन्तुष्टि जनाए ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।