Mon, Jan 19, 2026
आज अर्थात माघ ५ गते, सोमबार, नेपाली शेयर बजार बन्द रहने भएको छ। यस दिन सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा भएकोले शेयर बजार बन्द रहने भएको हो।
अब दोस्रो बजार भोली खुला हुनेछ। गत साता पनि बजार तीन कारोबार दिनका लागि मात्र खुलेको थियो।
अघिल्लो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा पुगेको थियो। सो दिन नेप्सेमा करिब साढे ८ अर्बको शेयर कारोबार भएको थियो।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।