नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

Jan 19, 2026 10:10 AM Merolagani



नेपाल सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ।

गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी), लैनचौरलाई पत्राचार गर्दै सरुवासम्बन्धी विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ। गृह मन्त्रालयले २०८२ माघ ४ गते पठाएको पत्रअनुसार सरुवाको निर्णय कार्यान्वयनमा आएको हो।

 

प्रहरी प्रधान कार्यालयले सरुवा भएका डीआईजीहरूको नामावली तथा नयाँ कार्यक्षेत्रबारे मातहतका सम्बन्धित युनिटहरूलाई जानकारी गराउँदै आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको छ। सरुवालाई नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत गरिएको जनाइएको छ।

यसअघि पनि नेपाल प्रहरीमा ठूलो सङ्ख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको थियो। पछिल्लो समय संगठनात्मक व्यवस्थापन तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रहरी संगठनभित्र निरन्तर सरुवाहरू हुँदै आएका छन्।

 

 

 

 




एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 14, 2026 10:57 AM

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।