नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । आईतबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत पुस ३० गते कायम भएको रेकर्ड ब्रेक गर्दै आज सुनकाे मूल्यले नयाँ उचाई बनाएको हो ।
यस दिन चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी तोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ६५५ रुपैयाँको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हाे । आईतबारको बजारमा चाँदी प्रतिताला ५ हजार ६२५ रुपैयाँमा खरिद भएको थियो ।
