त्यति ठूलो मात्रामा चन्दा दिने उद्यमी हुन्—सुरेश अमृत लाल कोटक । उनी कोटक एण्ड कम्पनीका मालिक हुन् । भारतका सबैभन्दा ठूला कपास उद्यमी मानिने उनी ‘कटन म्यान अफ इण्डिया’ को रुपमा चर्चित छन् ।

त्यस्तै अर्का उद्यमी अल्ला दक्षायनीले विजेपीलाई एक वर्षको अवधिमा २५ करोड भारतीय रुपैयाँ (४० करोड नेपाली रुपैयाँ) चन्दा दिएकी छन् । जबकी उनका पति अल्ला अयोद्धा राम रेड्डी वाईआसआर कांग्रेस पार्टीको तर्फबाट राज्य सभा सांसद छन् । उनी राज्यसभा र लोकसभामा रहेका सांसदहरुमध्येमै धनी सांसदको रुपमा चर्चित छन् । कुल निजी सम्पत्ति २५ अर्ब ७७ करोड भारतीय रुपैयाँ रहेको निर्वाचन आयोगमा उनले बुझाएको रिपोर्टमा उल्लेख छ । दक्षायनी कम्पनी रिम्की ग्रुप अफ कम्पनीजको शाखा भारतका ५५ शहरको साथै सिंगापुर र युएईमा समेत छ ।
समाचारका अनुसार उक्त वर्ष भाजपाले कुल ६० अर्ब भारतीय रुपैयाँ बराबरको चन्दा प्राप्त गरेको थियो भने विपक्षी कांग्रेसले ५ अर्ब १७ करोड र ममता बनर्जीको त्रिणमुल कांग्रेसले १ अर्ब ८४ करोड चन्दा प्राप्त गरेका थिए ।