उत्तरी चीनतर्फका थप नाकाहरु खुलाउने तयारी

Jan 19, 2026 01:02 PM merolagani



सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ । सरकारले कोरोला, किमाथाकासहितका नाकाहरु खुलाउनका लागि गृहकार्य थालेको हो ।

तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकाहरुमा संरचना तयार गरेर भन्सार बिन्दुहरु विस्तार गर्ने काम भइरहेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए।

उत्तरी नाका रसुवा र तातोपानी नाकाहरु अहिलेसम्म रहँदै आएका थिए । रसुवा नाकामा गत असार २६ गतेको बाढीले बन्द भएको थियो । तातोपानीमा पनि पहिरो गएर बाटो अबरुद्ध हुँदा बर्खायाममा उक्त नाका संचालनमा आउन सकेको थिएन । वैकल्पिक रुपमा कोरोला नाका संचालनमा ल्याइएको थियो । त्यहाँ कुनै क्वारेनटाइनहरु थिएन तर पनि सो नाकामा आसिकुडा सिस्टम लागू गराएर भन्सारबाट सामान जाँचपास हुने व्यवस्था मिलाइएको थियो ।

त्यतिबेला जुत्ताचप्पलदेखि विद्युतीय गाडीहरु ठूलो परिणाममा कोरोला नाका हुँदै व्यवसायीहरुले भित्राएका थिए । सोही नाका हुँदै २ हजार भन्दा बढी इभी गाडीहरु जाँचपास गरेर व्यवसायीहरुले भित्राएका थिए । ११७ ओटा कन्टेनरबाट १९ करोडको निकासी भएको थियो ।

दशैँ लक्षित समानहरु ल्याउन महत्वपूर्ण बनेको कोरोला नाकामा थप सुविधासम्पन्न पूर्वाधारहरु बनाएर संचालनमा ल्याउन लागिएको हो ।

तातोपानी र रसुवागढी नाकाको भर हुन छाडेपछि कोरला, किमाथांकासहितमा संरचनाहरु बनाएर पूर्ण रुपमा संचालनमा ल्याउने तयारी भएको महानिर्देशक भण्डारी बताए ।

महानिर्देशक भण्डारीले भने– ‘कोरोला नाकामा भौतिक संरचना बनाउन हामीले बजेट नै छुट्टाएका थियौँ । हामीले पूर्वाधार आफैँ बनाउन खोजेको चाइनीजहरुले हाम्रो जस्तो संरचना छ,हामीले नै त्यस्तै बनाइदिन्छौं भनेपछि कोरोला नाकामा पूर्वाधार बनाउन छुट्टाएको रकम हामीले फिर्ता गरेका छौं । त्यहाँ सुविधासम्पन्न संरचना बन्दैछ । अन्यत्र नाकामा पनि चाइनीजहरुले सडक संरचना बनेपछि संचालनमा ल्याउन सहयोग गछौँ भन्नुभएको छ । हामीले आफ्नो संरचना विस्तार गर्ने कुराहरुमा प्रयास भइरहेको छ । किमाथांकामा अहिले पनि १ दिनको बाटो हिड्नुपर्छ । बाटो पुर्याउन बाँकी छ । ओलाङचुङ गोलामा जेनजीहरुले नै नाका खोल्नुपर्यो भनिरहेका छन् । त्यहाँ बाटो बन्दैछ ।’

उनका अनुसार उत्तरी नाका संचालन गर्न भूगाेलले अप्ठ्यारो केही पारिरहेपनि पूर्वाधार निर्माणका काम चलिरहेको छ ।

महानिर्देशक भण्डारीकाअनुसार जनावरी १ देखि रसुवाको नाका सञ्चालनमा आएको छ । अहिले पनि बाटोहरु वान वे छन्, खुलाउने प्रयास भइरहेको छ । सडक विभागसँग समन्वय भइरहेको छ । तातोपानी पनि संचालनमा आइरहेको छ । ओलाङचुङगोल, किमाथांका लगायतका नाकाहरु खुलाउने प्रयास भइरहेको छ । चीनतर्फ सडक पूर्वाधारहरु बनिसकेका छन् र नेपालतर्फ त्यस्ता पूर्वाधार बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अहिले यी नाकामा नायव सुब्बा सरहका कर्मचारीहरु खटाएर केही सहजीकरण भइरहेको छ । जस्तो अहिले ओलाङचुगोलामा बाटो पुग्ने क्रममा छ, त्यहाँ पुल हाल्नुपर्ने अवस्था छ । बाटो पुगेर पुल भइसकेपछि नाका सञ्चालनमा आउनेछ ।




एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 14, 2026 10:57 AM

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।