विमानस्थलबाट सिधै दमकतर्फ प्रस्थान गर्दै ओलीले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल शुरु गरेका छन् । गत भदौमा भएको युवा नेतृत्वको जेनजी आन्दोलनका क्रममा हिंसा भड्किएपछि जाँचबुझ आयोगले ओलीमाथि काठमाडौं उपत्यका बाहिर यात्रा गर्न रोक लगाएको थियो । आयोगले हालै प्रतिवन्ध हटाएसँगै ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको संकेतका रूपमा हेरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन र कार्यकर्तालाई निर्देशन दिन ओली झापा गएका हुन् । एमालेले यसअघि नै उहाँलाई सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ । यो क्षेत्र ओलीको परम्परागत गढ मानिन्छ । जहाँ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह र अन्य प्रतिष्पर्धीहरूले पनि दाबी गरेका छन् । यो यात्रालाई ओलीको राजनीतिक कमब्याकको प्रतिकका रूपमा पनि लिइएको छ ।