रास्वपाले काठमाडौं जस्तो शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा आफ्नो संगठनात्मक प्रभाव विस्तार गर्न तामाङलाई धादिङ पठाएको विश्लेषण गरिन्छ। पार्टीका केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ अब ग्रामीण मतदातासँग प्रत्यक्ष संवाद गर्दै चुनावी प्रतिस्पर्धामा उत्रनेछिन्।
यसअघि काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी तामाङको धादिङतर्फको मोडलाई रास्वपाले “शहरी युवाप्रेमी छवि मात्र होइन, ग्रामीण जनताको विश्वास जित्ने रणनीति” को रूपमा व्याख्या गरेको छ।