प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Jan 27, 2026 10:55 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१२ अंक घटेर २७६८.९७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६७ स्टकको १६३ पटकको कारोबारमा १ करोड ३१ लाख ५१ हजार २३२ रुपैयाँ ३० पैसाबराबरको २० हजार ९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।