एनएमबि बैंकको खुद ब्याज आम्दानी बढेपनि नाफा घट्यो

Jan 29, 2026 03:57 AM Merolagani



एनएमबि बैंक लिमिटेड (NMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.२९ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख रूपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६८ पैसा घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ।

१९ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।