काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत लामिछानेकाे स्वास्थ्य अवस्था सामान्य भइसकेकाले डिस्चार्ज गर्न लागिएकाे अस्पतालले जनाएको छ । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।

यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
एन्टिबायोटिक्स खाँदा पनि निको नभएपछि लामिछानेलाई अस्पतालको हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको थियो । उनलाई नसाबाट औषधि चलाइएको थियो ।
यता नेता माधव नेपाल रुघाखोकीलगायत समस्या देखिएपछि हिजाे बुधबार उनलाई काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
चिसोका कारण खोकी, कफले गर्दा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।