आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा तेस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

यस तेस्रो चरणको डिजिटल गोलाप्रथामार्फत काठमाडौँका सुवर्ण खरेलले बम्पर उपहार विजेता बन्न सफल भएका छन् । हाल नारायणस्थान, गणेशचोक, काठमाडौँ निवासी सुवर्ण खरेलले सिजी डिजिटल, बसुन्धराबाट सिजी ब्रान्डको वासिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए ।
कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुहुनेछ । यस भ्रमण प्याकेजमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।
कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद गरी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।