सीजीको ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ जारी, गाडी किन्दा फाइनान्ससँगै १० लाखसम्मको नगद छुटको व्यवस्था

Jan 30, 2026 01:27 PM merolagani



सीजी मोटर्सले आयोजना गरेको ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ काठमाडौंको गैह्रीधारामा जारी छ ।

बिहीबारदेखि सुरु भएको कम्पनीको एक्सचेन्ज मेलामा विभिन्न ७ वटा ब्रान्डका विद्युत्तीय सवारीहरु राखिएको छ ।

कम्पनीले आफू आधिकारिक बिक्रेता रहेको एक्सपेङ, रिडारा, जीएसी आयोन, किङलङ, दायुन, नेटा र प्रिमियम ब्राण्ड स्मार्टका गाडीहरू राखेको छ । यसमा सहभागि हुने एक्सचेन्जकर्ताले कुनै पनि ब्राण्डको पुरानो गाडी ल्याएर कम्पनीको नयाँ गाडी लिएर जान सक्नेछन् ।

मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा कम्पनीले १० लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ । उक्त छुट भने ब्राण्ड अनुसार फरक हुनेछ । साथै, कुनै पनि ब्राण्डको गाडी किन्दा ‘अन दी स्पट’ फाइनान्स पनि उपलब्ध रहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।