डिजेल र मट्टीतेलको भाउ बढयाे

Jan 31, 2026 08:35 PM merolagani



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार देखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

“इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.१२, डिजेलमा रु. ४.६६ र एलपी ग्यासमा सिलिन्डर रु. ४५.४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८ ले घटेर आएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।