Sun, Feb 01, 2026
माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।
पछिल्लो दुई दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
पछिल्लो दुई दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।