धम्की र वार्ता सँगै हुन सक्दैनः इरानी विदेशमन्त्री

Feb 01, 2026 11:05 AM merolagani



इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इरान अमेरिकासँग वार्ता गर्न तयार रहेको तर धम्कीपूर्ण वातावरणमा वार्ता शुरु नहुने बताएका छन् । इस्तानबुलमा टर्कीका विदेशमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले इरान युद्ध र कूटनीति दुवैका लागि तयार रहेको स्पष्ट पारे ।

इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इस्तानबुलमा बोल्दै इरान अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताए । टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको संयुक्त पत्रकार सम्मेलनमा आराघचीले संयुक्त राज्य अमेरिकाले कुनै सद्भाव नदेखाएको र यो कहिल्यै विश्वासयोग्य नरहेको बताए ।

इरान सबै कूटनीतिक प्रक्रियाका लागि तयार रहेको उनको भनाइ छ । इरानले आणविक हतियार कहिल्यै नखोजेको दोहोर्याउँदै उनले रक्षा क्षमतालाई कायम राख्ने र विस्तार गर्ने तर त्यसमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । सोही अवसरमा टर्कीका विदेशमन्त्री फिदानले यस क्षेत्रमा थप तनाव बढ्न नदिन कूटनीति नै एक मात्र विकल्प भएको भन्दै इरान र अमेरिकालाई तत्काल वार्तामा फर्कन आग्रह गरे ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।