Sun, Feb 01, 2026
स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत घर भएका ३५ वर्षीय राहुल सिंह रहेका छन्।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई कैलालीको धनगढी उपमहानगरपालिका– २ ब्यारेलबाट उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।