संघले पूँजी बजार पारदर्शी, सुरक्षित र लगानीकर्ता मैत्री बनाउन भन्दै सीडीएससीले आईजीन सम्बन्धी व्यवस्थाको प्रस्ताव गरेको बताएको छ । शेयर कारोबारलाई सरल र प्रभावकारी बनाउने उद्देश्यले अघि सारिएको दोहोरो आईजीन प्रणाली प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
सीडीएससीले दोहोरो आईजीन प्रणालीको विषयमा पर्याप्त अध्ययन र सरोकारवालासँग छलफल गरेर बोर्डमा निर्देशिका बुझाएको हो । बोर्डले सो निर्देशिका कुनै कारण बिनानै अड्काएर राखेको लगानीकर्ता संघको आरोप छ । जसले सर्वसाधारण लगानीकर्तालाई अन्योलमा पार्ने, लागत बढाउने र बजारमा थप जटिलता सिर्जना गर्ने भन्दै संघले विज्ञप्ति मार्फत आपत्ती जनाएकाे हाे ।
एउटै आईजीन प्रयोग गराई संस्थापक शेयरलाई तुरुन्तै धितो राखी वास्तविक लगानीभन्दा ८–१० गुणासम्म बैंक ऋण लिने, कम्पनी घाटामा जादा पनि शेयर मूल्य कृत्रिम रुपमा बढाउने प्रवृतिले सर्वसाधारण लगानीकर्ता र बैंकिङ प्रणाली दुवैलाई जोखिम परेको संघको भनाइ छ ।
एकोहोरो आईजीन प्रणाली लागु गर्दा सर्वसाधारण लगानीकर्ता र बैंकिङ प्रणालीमा जोखिम भएकाे भन्दै कडा प्रतिवाद सहित आन्दोलनका कार्यक्रहरु समेत सार्वजनिक गर्ने संघले चेतावनी दिएकाे छ ।