सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ९,५०० ले घट्यो

Feb 05, 2026 11:17 AM merolagani



नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यमा एकै दिन प्रतितोला ९ हजार ५०० रुपैयाँको गिरावट आएको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ। यसअघि हिजो (बुधवार) सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा बिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार चढावका कारण स्थानीय बजारमा पनि त्यसको ठुलो असर देखिएको महासंघले जनाएको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।