नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
