कांग्रेसले प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै

Feb 19, 2026 02:20 PM merolagani



नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा बिहीबार खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्ने भएको छ ।

धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रम दिउँसो १ बजेबाट सुरू हुने र ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देश–विदेशबाट प्रश्न लिँदै जवाफ दिनेछन् ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पाए आगामी पाँच वर्षमा गर्ने कामहरूको खाका प्रतिज्ञापत्रमार्फत् सार्वजनिक गरेको छ । प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको विभिन्न सञ्चार माध्यमहरूले पनि प्रत्यक्ष प्रसारण गर्ने कांग्रेसले जनाएको छ ।

 




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।