कलश स्टक मार्केटको लगानीकर्ता लक्षित शेयर शिक्षा कार्यक्रम सम्पन्न

Feb 19, 2026 12:51 PM Merolagani



कलश स्टक मार्केट अर्थात ब्रोकर नम्बर ७४ ले शेयर बजारमा आवद्ध लगानीकर्तालाई लक्षित गरी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । ब्रोकरले लगानी रणनीति, तथा आधारभूत र प्राविधिक विश्लेषण सम्बन्धी निःशुल्क प्रशिक्षण गरेको हो ।

पूँजी बजार विश्लेषक सि.ए. संजोग कोइरालाले सहभागीहरुलाई शेयर बजारका विविध पक्षहरुमा प्रकाश पारेका थिए । देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानीकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

ब्रोकरबाट डिम्याट, तथा टिएमएस खाता खोली कारोवार गर्ने सुविधा प्रदान गर्दै आइरहेको छ । नियमित रुपमा शेयरबजार सम्बन्धी शिक्षा प्रदान गर्न यस ब्रोकरले हरेक शुक्रवार जुम मार्फत साप्ताहिक शेयर बजार विश्लेषण तथा लाइभ प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।