तत्कालै गर्ने ११ काम र ५ आधारभूत घोषणासहित समृद्धिका २५ स्तम्भसहित एमालेको घोषणापत्र, हेर्नुहोस पूर्णपाठ

Feb 19, 2026 03:06 PM mero lagani



नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा सार्वजनिक गरेको घोषणापत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको छ । लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम आफूले गरेको दाबी एमालेको छ ।

एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ ।जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका संरचनाहरु उठाउने काम समयसीमा तोकेरै अघि बढाउने जनाएको छ ।एमाले घोषणा पत्रमा भनेको छ, ‘यो निर्वाचन पुस्तान्तरणको होइन, देश बनाउने र भत्काउने बीचको जनमत–संग्रह हो । यो राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष हो ।’
हेर्नुहोस घोषणा पत्रको पूर्ण पाठ





नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।