थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानको मौलिक हक अन्तर्गतको रोजगारी सृजना गर्ने गरी संकल्पपत्र तयार गरिएको बताए । त्यसको लागि कृषि, पर्यटन, भौतिक पुर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर काम गरिएको बताए ।
'अहिलेका युवाहरूसँग थुप्रै कला, साहित्य र सृजनाहरू छन् । उहाँहरूले सृजना गर्नुभएको छ । तर त्यसलाई बेच्न बजारमा पाइराख्नु भएको छैन । यसबाट स्वतन्त्रता खोज्नु भएको छ । यसबारे हामी प्रस्ट छौँ ’ -उनले भने ।
उनले युवाहरूलाई डिजिटल स्वतन्त्रता र सृजनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको दावि पनि गरे।
उनले युवाहरूमा रहेको सीप र सृजनालाई चलायमान बनाउनुपर्नेमा जोड दिए । यस्तै सरकारले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रुपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको बताए ।
‘विदेश पलायन भएका युवाहरूलाई नेपालमै कसरी संस्थागत ढंगबाट काम गर्ने वातावरण सृजना गर्न सकिन्छ भन्ने योजना तयार पारेका छौँ’, उनले भने ।