दुई जलविद्युत कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति, ६१ करोड ८० लाखको शेयर आउँदै

Feb 27, 2026 12:01 PM merolagani



दुई जलविद्युत कम्पनीहरूले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन्। दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि शेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेका हुन्।

बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावरले गत माघ २० गते नै निवेदन दिएको भए पनि बोर्डले हालै मात्र आफ्नो वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका २० लाख २० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ। यो २१ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ हो। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

 

त्यस्तै, संयुक्त ऊर्जा लिमिटेडले पनि ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता आईपीओ निष्कासनका लागि फागुन ५ गते बोर्डमा निवेदन दिएको छ। यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले पाएको छ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तथा दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्कासन गर्नेछन्।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।