प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रकै नतिजा आयाे, धनुषामा रास्वपाकाे उम्मेदवारी रद्द भएपछी नेकपाका उम्मेदवारलाई प्रमाणपत्र

Mar 10, 2026 06:36 AM merolagani



निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।

सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे ।

 उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन् ।

प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।