युद्ध रोक्ने ट्रम्पको अभिव्यक्तिपछि घट्यो अन्तराष्ट्रिय बजारमा तेलको मूल्य

Mar 10, 2026 11:50 AM merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले युद्ध समाप्त हुने अभिव्यक्ति दिएसँगै अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । 

ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए । तर एक सातामै युद्ध समाप्त नहुने भनाइ सार्वजनिक भएको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।