रास्वपा सचिवालय बैठक बस्दै,बालेन्द्रलाई संसदीय दलको नेता बनाउने

Mar 15, 2026 10:58 AM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ ।

 

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस, पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता बनाउने लगायत समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।