सोलु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Mar 12, 2026 02:51 PM Merolagani



फागुन २८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोलु हाइड्रोपावर (SOHL) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ८ करोड कित्ता शेयर गरी कुल १० करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसँगको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबार (चैत १ गते) को स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एसओएचएल स्टक टिकर प्रदान गरेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।