भुजुङ्ग हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

Mar 19, 2026 01:45 PM Merolagani



चैत ५ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेड (BJHL) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको २० लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको ८० लाख कित्ता शेयर गरी कुल १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई ९० रुपैयाँ ४ पैसादेखि २७० रुपैयाँ १२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबार (चैत ८ गते) स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।

नेप्सेले कम्पनीलाई (BJHL) स्टक टिकर प्रदान गरेको छ।

 



भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।