श्रम संस्कृति पार्टीले टुंगो लगायो समानुपातिक सांसदको नाम, को को परे?

Mar 15, 2026 11:53 AM merolagani



श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ । चार जना सांसद पाउने भएपछि हर्क साम्पाङ नेतृत्वको पार्टी आन्तरिक विवादमा फसेको थियो ।

सो पार्टीले आज आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लागाएको छ ।