नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, नीतिगत संरक्षण हामी गर्छौंः रास्वपा सभापति लामिछाने

Mar 18, 2026 02:49 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक असर नपर्ने भन्दै उनले सबैलाई आश्वस्त पारेका हुन् । मुलुकको आर्थिक समृद्धिलाई आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताउँदै लामिछानेले निजी क्षेत्रलाई कतै पनि विचलित नहुन आग्रह गरे । देश निर्माणको महान अभियानमा विदेशमा रहेका नेपालीहरूको पुँजी र सीप आवश्यक रहेको भन्दै उनले डायस्पोरालाई नेपालमै आएर काम गर्न अपिल गरे । यसैगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लक्षित गर्दै उनले नेपाल लगानीका लागि सुरक्षित गन्तव्य भएको बताए।

उनले भने, ‘तपाईंहरूले निर्धक्कसँग काम गर्नसक्ने वातावरण हामी बनाउँछौँ । तपाईं र तपाईंको लगानी यो देशमा सुरक्षित हुन्छ, निर्धक्क हुनुहोला । कुनै किसिमको बाधा अड्चन हुने छैन । तपाईंलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन, देशको नीतिले संरक्षण गर्नेछ ।’

उनले देशमा उद्योग कलकारखाना चल्नुपर्ने, रोजगारी सिर्जना हुनुपर्ने र सुशासनमा नयाँ मानक स्थापना गर्दै आर्थिक समृद्धिको बाटोमा अहोरात्र काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।