दुर्घटनाग्रस्त हेलिकोप्टरका चालक र एकजना घाइतेलाई अर्काे हेलिकोप्टरमा काठमाडौं ल्याइयाे

Mar 18, 2026 03:37 PM Merolagani



खोटाङमा हेलिकोप्टर दुर्घटना हुँदा घाइते भएका एकजना यात्रुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको थियो । ६ जना सवार हेलिकोप्टर दुर्घटना हुँदा खोटाङका काजीबहादुर राई घाइते भएका थिए ।

उनको अवस्था भने सामान्य छ । खोटाङ प्रहरीका अनुसार, घाइते राई र दुर्घटनाग्रस्त हेलिकोप्टरका चालक सन्दीप थापालाई अर्को हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो ।

राईबाहेक पाँचजना भने सामान्य छन् ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।