प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

Mar 19, 2026 10:54 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९० अंक बढेर २८१४.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९८ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८८ स्टकको २६४ पटकको कारोबारमा ५ करोड ७६ लाख ३९ हजार १८३ रुपैयाँ ५० पैसाबराबरको ७८ हजार ८९८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने ३७ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।