आज बिहान ९ः४५ बजेबाट सुरु भएको भेटवार्ता करिब आधा घण्टा चलेर १०ः१५ बजे सकिएको थियो । भेटका क्रममा एशोसिएसनका पदाधिकारीहरूले नेपालको शेयर बजारमा देखिएका समस्या, ब्रोकरहरूको कार्यक्षेत्र विस्तार र नीतिगत सुधारका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटघाटमा एशोसिएसनले पुँजी बजारलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै लगानीकर्ताको मनोबल उच्च राख्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने माग राखेको थियो ।
आईतबारको बजारमा १०५ अंकको गिरावट भएपछि दोस्रो बजारका लगानीकर्ताहरु पनि आन्दोलित भएका छन् । अर्थमन्त्रीले शेयर बजारको विषयमा सम्वोधन गर्नुपर्ने माग समेत उठाएका थिए ।