नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण

Apr 06, 2026 10:56 AM Merolagani



नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । सोमवार बिहान महासंघको केन्द्रिय कार्यालय अनामनगरमा आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

महासंघको गरिमालाई उच्च राख्दै निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हकहितका लागि प्रतिवद्ध भएर लाग्ने उनीहरुको भनाइ छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । शपथ ग्रहण कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू, विभिन्न जिल्ला तथा प्रदेशका व्यवसायीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिले आजैबाट आफ्नो कार्यभार सम्हाल्ने महासंघले जनाएको छ । निर्माण क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरू, भुक्तानीको समस्या र नीतिगत सुधारका विषयमा नयाँ कार्यसमितिले प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ ।

महासंघको १३ औं अधिवेशनले निर्माण व्यवसायीहरूका बीचमा एकता र सहकार्यको नयाँ सन्देश दिएको व्यवसायीहरूको भनाइ छ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । कोशी प्रदेश उपाध्यक्ष धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भएका छन् ।

नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भएका छन् भने आन्तरिक उपमहासचिवमा सन्तोष साह विजयी भएका छन् । महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भएका छन् भने कोषाध्यक्षमा उज्वल गौतम विजयी हुँदा सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।