सरकारले शेयर बजारलाई अनावश्यक गिजोल्दैनः अर्थमन्त्री डा.वाग्ले

Apr 06, 2026 11:26 AM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले शेयर बजारलाई अनावश्यक नगिजोल्ने बताएका छन्। नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूसँग भएको भेटवार्तामा अर्थमन्त्रीले बजारको हितमा सरकारले काम गर्ने बताएका हुन् ।

पूँजी बजारको वर्तमान अवस्था र सुधारका उपायहरूका बारेमा भएको छलफलमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानबाट लगानीकर्ताहरु नडराउन आग्रह गरेका छन् । नेपाल हाल अन्तर्राष्ट्रिय संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स'को ग्रे लिस्टमा रहेको छ। ग्रे लिस्टबाट निकाल्न पनि सरकारले गैरकानुनी कारोबार गर्नेलाई नियान्त्रणमा लिएर अनुसन्धान गरेको बताए । दोषी कारवाहीमा परेपनि निर्दोष लगानीकर्ता डराउनु नपर्ने अर्थमन्त्रीको भनाइ छ । छोटो अवधिमा बिचल्लित हुनु भन्दा लगानीकर्ता र ब्रोकरहरुले मध्यकालीन र दीगो लगानी सोच सहित लगानी गर्नेहरुको लागि स्वर्णिम युग सुरु भएको अर्थमन्त्रीले बताए ।

यसको प्रमुख कारण सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कमजोरी र शंकास्पद कारोबारको कमजोर निगरानी हो। त्यसैले दोषीमाथि कारबाही गर्न सरकारमाथि अन्तर्राष्ट्रिय दबाब पनि रहेको छ। यही क्रममा भट्टलगायत बिचौलियाहरू पक्राउ परेका हुन्। गलत नेक्सस राख्नेहरु मात्रै पक्राउ परेका हुन् । व्यवसायीलाई धरपकड नगर्ने समेत अर्थमन्त्रीले प्रतिवद्धता जनाएका छन् । अर्थमन्त्रीसँगको भेटवार्तामा ब्रोकर एशोसिएसनले ६ बुँदे माग राखेकाे छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।