भेट्न गएका ब्राेकरलाई यसाे भने अर्थमन्त्रीले, अर्थमन्त्रीकाे आश्वासन पछि बजार भयाे 'हरियाे'

Apr 06, 2026 12:03 PM merolagani



स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधीहरुले अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेलाई भेट्न पुगेका छन् । स्टक ब्रोकर एशोसिएसनले मन्त्रीसँग भेटका लागि मागेको समयअनुसार आज बिहान भेट तय भएको थियो । अर्थमन्त्रीकाे आश्वासन पछि शेयर बजार  बढेकाे छ । याे समाचार तयार पार्दासम्म ५० अ‌ंक भन्दा बढीले बढेकाे छ ।

भेटमा अर्थमन्त्री यसाे भने

नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ । त्यसका लागि सुशासनका काम गर्नुछ । जनमत पनि यही हो । हामी गर्छौँ ।

केही अनुसन्धान पुरानै हुन् अहिले अन्तिमतिर पुगेका हुन् । अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर छानीछानी प्रतिशोध हुँदैन ।

सरकार निजी क्षेत्र मैत्री छ । मेरो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ । रास्वपा र सरकार निजीक्षेत्र विराेधी होइन ।
हामी अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउने भनेर लागेका छौँ । बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउँदैछ ।

नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ । हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौँ ।

शेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी हौँ । तर, अहिले अफवाह फैलाइँदैछ । यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु ।

भेटमा ब्रोकरका प्रतिनिधिहरूले के के भने ?

पूर्वअध्यक्ष प्रियराज रेग्मीले वर्तमान बजारमा शेयर बेचेर निस्किएका र बजारबाट शेयर उठाउन लागेका मानिसले बजारमा गलत हल्ला मच्चाइरहेका छन् ।

जसका कारण साना लगानीकर्ता आत्तिएका छन् । बजारमा गलत हल्ला मच्चाउनेहरु छन् । संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनु जरुरी छ । निजी क्षेत्रमाथिको अनुसन्धान जायज छ तर अनुसन्धान गोप्य राखिनु पर्ने थियो भएन । पुँजीबजार सुधार कार्यदलको सुझाव कार्यान्वयन गरिनु पर्छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।