सोमवार महासंघमा आयोजित शपथ तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै उनले स्रोत सुनिश्चितता हुँदा काम हुने आयोजनाहरुको म्याद थपेर जानुपर्ने बताए । अध्यक्ष पाण्डेले यो कुरा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई पनि बताएको जानकारी दिए। उनकाअनुसार यदि रुग्ण आयोजनाहरू अघि बढाउने सम्भावना भए अघि बढाउने भौतिक पूर्वाधार मन्त्रीले बताएका थिए, ठेक्का तोडेर कालोसूचीमा राख्ने पक्षमा मन्त्री नरहेको समेत पाण्डेले जानकारी दिए ।
अध्यक्ष पाण्डेले समयमै टुंगिनुपर्ने आयोजना नटुंग्याएर गल्ति गर्ने कर्मचारी वा निर्माण व्यवसायीलाई कारबाही गरिनुपर्छ । निर्माण व्यवसायी वा सरकारको कारणले काम भएन भने सोही अनुरुप कारबाही हुनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष पाण्डेले भने–‘रुग्ण ठेक्काहरुलाई तीनओटा वर्गिकरण गर्नुपछ । स्रोत सुनिश्चितता हुँदा जुनजुनमा म्याद थप्दा काम हुन्छ, ती अघि बढाउनुपर्छ । यही कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई पनि भनेको छु । यदी रुग्ण आयोजनाहरु अघि बढाउने सम्भावना भए हामी अघि बढाउछौँ, ठेक्का तोडेर कालोसूचीमा लगाउनु हुँदैन भनेर मन्त्रीले पनि भन्नुभएको छ । टुंगिनुपर्ने आयोजना नटुंग्याएर पुरा हुँदैन । निर्माण व्यवसायी वा सरकारको कारणले काम भएन भने सोही अनुरुप कारबाही हुनुपर्छ । यदी निर्माण व्यवसायीको गल्ति छ भने व्यवसायीको १० प्रतिशत धरौटी काटेर अघि बढाउनुपर्छ । यो कुरा मन्त्रीलाई राखेका छौँ र मन्त्री सकारात्मक हुनुहुन्छ ।’
अध्यक्ष पाण्डेले अहिले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको उल्लेख गर्दै त्यसमा काम गर्न नसकिने बताए । यसबारे भौतिक पूर्वाधार मन्त्रीलाई समेत आफूले जानकारी गराएको उनले बताए । रुग्ण आयोजनाहरूको समस्या समाधान गर्न सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउँदै अब सरकारसँग आफूहरुले लबिङ गर्ने बताए।