कार्यालय १० बजे खुल्दा शेयर काराेबार ११ बजेदेखि हुन्थ्याे, अब ९ बजे खुल्ने भएपछि १० बजेदेखि किन काराेबार नहुने ?

Apr 06, 2026 03:37 PM Merolagani



१० बजेदेखि सरकारी कार्यालय खुल्दा ११ बजेदेखि शेयर काराेबार हुने गरेकाे थियाे । तर सरकारले साेमबारदेखि लागु हुने गरी कार्यालयकाे समय ९ देखि ५ बजेसम्म बनाएकाे छ । तर, शेयर काराेबार भने उही पुरानाे समय ११ बजेदेखि ३ बजेसम्म हुने भएकाे छ ।

लगानीकर्ताहरुले कार्यालय १० बजे खुल्दा शेयर काराेबार ११ बजेदेखि हुन्थ्याे, अब ९ बजे खुल्ने भएपछि १० बजेदेखि किन काराेबार नहुने ? भनि प्रश्न गर्न थालेका छन् । तर, कारोबारको समय भने परिवर्तन नगरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले बताए ।

अब शेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । साताको पहिलो दिन आइतबार बन्द गरेर शुक्रबार खुलाउने भएकाे छ ।

हालसम्म साताको पहिलो दिन आइतबारदेखि बिहीबारसम्म मात्रै शेयर कारोबार हुँदै आएको थियो । अब भने आइतबारको सट्टा शुक्रबार शेयर कारोबार हुने नेप्सेका प्रवक्ता पराजुलीले जानकारी दिए । नयाँ व्यवस्था लागु भएपछि अब सोमबारदेखि शुक्रबारसम्म हप्ताको पाँच दिन नै शेयर कारोबार हुनेछ ।

गत आइतबारकाे मन्त्रिपरिषद् बैठकले इन्धनको खपत कम गर्ने उद्देश्यले सातामा दुई दिन (शनिबार र आइतबार) सरकारी कार्यालयलाई बिदा दिने निर्णय गरेको थियो ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।