यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Apr 07, 2026 02:15 PM merolagani



 सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् । उनकाअनुसार बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त गरेको छ ।

उनले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको पनि जानकारी दिइन् । बैठकले वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी दिइन् । उनले ललितपुर महानगरपालिका वडा नम्बर ३ पुलचोकमा रहेको जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्रलाई ललितपुर जिल्लाकै गोदावरी नगरपालिका वडा नम्बर ३ मा स्थानान्तरण गर्ने निर्णय गरेको समेत जानकारी दिइन् । उनले विगत पन्ध्र दिनमा पेट्रोलियम पदार्थको आपूर्तिका कारण आयल निगम ११ अर्ब बढी घाटामा गएको कारण मूल्य समायोजन गर्नुपरेको समेत बताइन् ।

उनले भने, ‘राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्ट, डोटीलाई नियुक्त गर्ने, राष्ट्र बैंकको २ रिक्त डेपुटी गभर्नर पदमध्ये एकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त गर्ने निर्णय गरेको छ ।’

उनकाअनुसार पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यक परेको खण्डमा सरकारले सवारी साधनमा जोर बिजोर प्रणाली समेत लागू गर्न सक्नेछ । उनले सरकारले आम नागरिकलाई वर्क फ्रम होम र विद्युतिय सवारीको प्रयोग बढाउन आह्वान गरेको पनि बताइन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।