सीआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर ठूला ठेक्का कब्जा गर्दै आएको घटनामा दुई महिनादेखि अनुसन्धान गरिरहेको थियो । यसैक्रममा कटुवालको पनि संलग्नता देखिएको भन्दै उनलाई चैत १७ गते राति पक्राउ गरिएको हो ।
उनी नेपाल निर्माण व्यवसायी संघको १३ औँ अधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए ।