'सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास नगरोस्'

Apr 08, 2026 02:45 PM Merolagani



नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास गर्न नहुने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासमा ठोस कदम चाल्न पनि सरकारलाई सुझाव दिए । सांसद शाहीले सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए । उनले भू राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर परराष्ट्र नीतिलाई अघि बढाउन पनि सरकारले ठोस कदम चाल्न आवश्यक रहेको बताए ।

सांसद शाहीले भने,‘वैदेशिक अनुदान र ऋणको भरमा मात्रै देश चल्नु हुँदैन । आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ । सरकारले यसतर्फ ठोस कदम चालोस् । नेपालको भूराजनीतिक संवेदनशीलतालाई सचेत रहँदै पञ्चशीलताको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिको आधारमा मात्र परराष्ट्र सम्बन्ध सरकारले गरोस् । म आग्रह गर्न चाहन्छु । र सबै भ्रष्टाचारको काण्डहरुको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गरियोस् ।’

सांसद शाहीले सरकारले विना भेदभाव मुलुकमा सुशासन कायम गर्ने अभियानलाई तिब्रता दिनुपर्ने बताए ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।