भृकुटी स्टक ब्रोकरकाे अनुमतिपत्र धितोपत्र बोर्डद्वारा निलम्बन

Apr 08, 2026 06:23 PM Merolagani



नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को अनुमतिपत्र तत्कालका लागि निलम्बन गरेको छ। 

बोर्डले गरेको अनुगमनका क्रममा उक्त कम्पनीले धितोपत्र व्यवसायी नियमावली २०६४ को नियम ३१ विपरीत एक ग्राहकको शेयर खरिद–बिक्री र कोल्याट्रल बापतको रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको पाइएपछि यो कदम चालिएको हो। कम्पनीले धितोपत्र कारोबार राफसाफ तथा फस्र्यौट सम्बन्धी विनियमहरूको पालना नगरी कारोबार गरेको तथा नियमअनुसार लिनुपर्ने कम्तीमा २५ प्रतिशत अग्रिम रकम नलिई ग्राहकलाई खरिद सुविधा दिएको बोर्डको सूचनामा उल्लेख छ।

विवरणअनुसार उक्त संस्थाले लगानीकर्ताहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व रकम ५ करोड ११ लाख ३ हजार ७ सय ३७ रुपैयाँ ५६ पैसा रहेको देखिएको छ। उधारोमा धितोपत्र खरिद सुविधा दिने र रकम भुक्तानी नभई हितग्राही खातामा शेयर जम्मा गरिदिने कार्यले पुँजी बजारमा प्रतिकूल असर पर्न सक्ने र लगानीकर्ताको लगानी जोखिममा पर्ने देखिएकाले बोर्डको २०८२ चैत २३ गतेको निर्णयानुसार यो निलम्बन गरिएको हो।

निलम्बनको अवधिभर कम्पनीले कानुनी प्रक्रिया पूरा गरी लगानीकर्ताको बाँकी रकम फस्र्यौट गर्नुपर्नेछ। साथै, उक्त ब्रोकरमार्फत कारोबार गर्दै आएका लगानीकर्ताहरूले अन्य ब्रोकरबाट कारोबार गर्न चाहेमा आवश्यक प्राविधिक व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।