Wed, Apr 08, 2026
कालिञ्चोक हाइड्रोपावरमा माग भन्दा ४७ गुणा बढी आवेदन परेको छ । कम्पनीले ४ लाख ८४ हजार ७५० कित्ता शेयरको लागि आवेदन माग गरेकोमा ३ करोड २१ लाख ६६ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको हो । यो माग भन्दा ४६.९७ गुणा बढी हो ।
कम्पनीको आइपीओ २७ लाख ४९ हजार ६ सय २ आवेदकले आवेदन दिएका थिए । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।
सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।