मेरो रिहाइको माग गर्नेमाथि सरकारले दमन गर्यो, घाइतेको उपचार खर्च राज्यले ब्यहोर्नुपर्छः केपी ओली

Apr 09, 2026 02:02 PM merolagani



पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो रिहाइका लागि माग गर्दै सडकमा आएकाहरु माथि सरकारले चर्को दमन गरेको बताएका छन् । 

उनले आफ्नो सामाजिक सञ्जालमार्फ सरकारको दमनबाट घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गरेको र उनीहरुको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने बताए ।

यदि, राज्यले खर्च नबेहोरेमा पार्टीले उपचार खर्च ब्यहोर्ने बताए । ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु,’ उनले भनेका छन् ।

उनले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा गरेको बताएका छन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।