रोकियो एफएनसीसीआईको आसन्न निर्वाचन

Apr 09, 2026 05:54 PM Merolagani



उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारण सभा तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको छ। यो सँगै महासंघको निर्वाचन रोकिएको छ । न्यायाधीशद्वय खड्गबहादुर के.सी. र दीपक खनालको संयुक्त इजलासले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अदालतले यसअघि २०८१ साल फागुन १६ गते जारी भएको परमादेश बमोजिमको निर्णय नगरी साधारण सभा प्रक्रिया अघि बढाउँदा निवेदक पक्षलाई मर्का पर्ने देखिएको ठहर गरेको छ। उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम जारी गरिएको यस आदेशमा उक्त निर्णय नभएसम्मका लागि महासंघको साधारण सभा नगर्न र नगराउन स्पष्ट निर्देशन दिइएको छ।

उक्त बहसका क्रममा निवेदकका तर्फबाट अधिवक्ताहरू जयलाल भण्डारी र प्रितम घिमिरेले बहस गरेका थिए भने विपक्षी महासंघको तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिचन्द्र सुवेदी, लीलामणि पौडेल, खगेन्द्रबहादुर राउतसहितको टोलीले प्रतिरक्षा गरेको थियो। २०८२ साल चैत्र २६ गते जारी भएको यस आदेशसँगै महासंघको पूर्वनिर्धारित साधारण सभा अन्योलमा परेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।